फोटो क्याप्सन ः सप्तरी जिल्लाका सम्मानित जेष्ठ नागरिक तथा साथमा अतिथि गण ।
सप्तरी जिल्लाका सम्मानित जेष्ठ नागरिक तथा साथमा अतिथि गण ।

१६ असोज, दिलिप साह राजविराज। जेष्ठ नागरिक संघ सप्तरीले एक समारोहबीच आइतबार १० जना जेष्ठ नागरिकलाई फूलमाला, अबिर लगाई दोसल्ला ओढाएर सम्मान गरेको छ । महिला तथा बालबालिका कार्यालयको सहयोगमा जिल्लाका ८५ वर्षदेखि ९५ वर्ष उमेर समूहका १० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

यसरी सम्मानित हुनेहरुमा राजविराज–१ निवासी पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंह, राजविराज–९ निवासी पूर्व अञ्चालाधिश सत्यनारायण झा, हनुमाननगरका रामकरण शारदा, राजविराज–८ का सत्यनारायण मल्लिक, बोरिया गाविसका बुद्धिसागर देव, राजविराज–७ का अघोरी यादव, लालापट्टि गाविसका टुनटुन यादव, राजविराज–९ का नारायण झा, राजविराज–७ का सावित्रिदेवी चौधरी, र राजविराज–५ का महन्थी दास यादव रहनु भएको छ ।

संघका जिल्ला अध्यक्ष शिवहरीप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित सम्मान समारोहमा निमित्त प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, प्रहरी प्रमुख भीमप्रसाद ढकाल, महिला तथा बालबालिका कार्यालयका प्रमुख शशीकला श्रेष्ठ, संघका सचिव बैद्यनाथ झा, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली लगायतले जेष्ठ नागरिकलाई सम्मान गरेर आउँदो पुस्तालाई यसको संस्कारको विकास गर्नु पर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया