साइवरमान (अफगानिस्तान), १६ असोज । अफगानिस्तानको राजधानी काबुलदेखि २९० किलोमिटर उत्तरमा अवस्थित प्रान्तीय राजधानी साइवरगानमा शनिबार भिडन्त हुँदा २५ तालिवानी विद्रोहीको मृत्यु भएको छ ।

AFAKSTHAN-430x336

शनिबारको घटनामा चारजना सुरक्षाकर्मीका समेत मृत्यु भएको छ । उत्तर अफगानिस्तानको जोउझान प्रान्तको राजधानी साइवरगान प्रवेश गर्ने सुरक्षा नाका तोडी सहर पस्ने प्रयासस्वरुप विद्रोहीद्वारा गरिएको उक्त आक्रमण सहर नजिकै दारजाव, खामाव र माङ्जेट इलाकामा रहेका सुरक्षानाकाहरुमा भएको भिडन्तमा २४ विद्रोही मारिएको प्रान्तीय प्रहरी उपप्रमुख अवदुल हाफिज खासीले सिन्ह्वा संवाददातालाई बताइएको छ ।

उहाँले झडपका क्रममा चारजना सुरक्षाकर्मीले सहादत प्राप्त गरेको बताउनुभयो । प्रहरी उपप्रमुख हाजिफ खासीले सबै एरिया अहिले प्रहरी नियन्त्रणमा रहेको दाबीसमेत गर्नुभयो । तालिवानी विद्रोहीबाट भने घटनाका बारेमा शनिबार साँझसम्म केही प्रतिक्रिया आइसकेको छैन । सिन्ह्वा

साभार:पुर्वेली न्युज

तपाईको प्रतिक्रिया