काठमाण्डाै । त्रिभुवन विश्वविद्यालयले आफ्ना मातहतका सबै निकायलाई शुभकामना कार्ड छपाइ नगर्न परिपत्र गरेको छ। शुभकामनाको नाममा फजुल खर्च हुने भन्दै विश्वविद्यालयले ६० आंगिक, विभिन्न अनुसन्धान केन्द्र, डीन कार्यालय र क्याम्पसलाई निर्देशन दिएको हाे ।
शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगले त्रिविलगायत सबै विश्वविद्यालयलाई पत्र पठाएर दशैं, तिहार, नयाँ वर्षलगायतका चाडपर्वमा शुभकामना कार्ड छपाइ गरेर वितरण नगर्न लिखित निर्देशन दिएपछि त्रिविले सबै निकायलाई परिपत्र गरेको हो।अाजकाे नेपाल समाचार पत्रमा खबर छ ।