Maa-Chandraghanta१७ असोज, काठमाडौं। आज दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा अर्चना गरि मनाइदैछ ।

चन्द्रघण्टा भगवतीको पूजा अर्चना गर्न देशभरका देवी तथा दुर्गा भगवतीहरुको शक्तिपिठहरुमा बिहानैदेखि घुइचो लागेको छ ।

घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

 

तपाईको प्रतिक्रिया