असोज १७, काठमाडौ  । काठमाडौंबाट बागलुङ जाँदै गरेको यात्रु बाहक बस पोखरामा दुर्घटनाग्रस्त भएको हो। उक्त दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने २६ यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा गुल्मी जिल्लाको नेटा गाविस– २ का ४७ वर्षीया मनरुपा अर्याल र उनको दुई वर्षीय नाती अतित अर्याल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

बागलुङको बुर्तिबाङका लागि छुटेको ग १ ख ६१६९ नम्बरको रात्रि सेवा बस कास्कीको याम्दीमा दुर्घटना भएको हो ।एउटा बसले अर्को बसलाई उछिन्न खोज्दा बस अनियन्त्रित भई सडकको किनारमा पल्टिएको थियो र बसका चालक कृष्णबहादुर बूढालाई नियन्त्रणमा लिएको छ ।

अन्य २६ जनालाई उपचारको लागि पोखराको मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको वडा प्रहरी कार्यालय बगरका प्रहरी नायब निरीक्षक शिवबहादुुर खत्रीले जानकारी दिनुभयो । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको  छ ।

 

तपाईको प्रतिक्रिया