१७ असोज, इनरुवा । नेपाल डेभलपमेन्ट सोसाईटीले सुनसरी सद्रमुकाम इनरुवाका बिभिन्न चार स्थानमा स्वच्छ खानेपानीको ब्यवस्था गरेको छ ।सोसाईटीले जनही ५० हजार रुपैयाको लागतमा भगवती माध्यमिक विद्यालय, शारदा माध्यमिक विद्यालय, जिल्ला प्रशासन कार्यालय सुनसरी र जिल्ला प्रहरी कार्यालय सुनसरी हातामा नियमित रुपमा स्वच्छ खानेपानी उपलब्ध हुने गरी आयोजना निर्माण गरेर आईतवार एक कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गरेको छ ।

आयोजना अन्र्तगत सोसाईटीले चारै ठाँउमा एक एक ढलानसहितको ट्यूबेल त्यसबाट पानी तान्ने मोटर, एक हजार लिटरको पानी ट्याङकी र पानी पिउने धारा निर्माण गरेर हस्तान्तरण गरेको संस्थाका फिल्ड ईन्चार्ज फैयाज आलमले जानकारी दिए ।

आयोजना हस्तान्तरण कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाई, प्रहरी उपरिक्षक पोषराज पोखरेल लगायतकाले संस्थाको कामको सरहाना गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनसके पानीजन्य कारणबाट उत्पन्न हुने स्वास्थ्य समस्या न्यूनिकरण हुने बताएका थिए । हस्तान्तरण कार्यक्रम सस्थाका अध्यक्ष मौलाना नजरुल हसन फलाहीको अध्यक्षतामा भएको थियो । सस्थाले सुनसरी बहुमुखी क्याम्पसमा समेत त्यस्तो आयोजनाको निर्माण गरेको छ । सो आयोजना आगामि मंगलबार विशेष कार्यक्रमका बीच क्याम्पसलाई हस्तान्तरण गरिने सस्थाका ब्यवस्थापक अब्दुल जब्बारले जानकारी दिए ।

तपाईको प्रतिक्रिया