inaruwa police posraj pokharel१

१७ असोज, इनरुवा ।सुनसरी प्रहरीले चाडपर्वलाई लक्षित गरि कुनै पनि किसीमका अपराधिक घटनाक्रमहरु हुन नदिन विशेष सुरक्षा योजना लागु गरेको जनाएको छ ।विशेष गरि चाडपर्वको समयमा सुनसरीमा हुने सक्ने अपराधिक गतिविधीहरुलाई नियन्त्रण गर्नलाई सुरक्षाकर्मीहरुको संख्या वढाउने देखि गस्ती समेत वढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक पोखरेलले जानकारी दिए ।

पोखरेलले चाडपर्वको समयमा भारतिय नाकावाट भित्रने पटका देखि लिएर मादक पद्धार्थ सेवन गरि होहल्ला गर्नेहरुलाई समेत नियन्त्रणमा लिएर कारवाही गर्ने वताए । उनले तासजुवा,डाइस जस्ता जुवाजन्य गतिविधी नियन्त्रणका लागि समेत तुरुन्त प्रहरी परिचालन गर्ने गरि योजना वनाएको समेत जानकारी दिए । कृतिम अभाव सृर्जना गरि कालो बजारीया गर्नेहरुलाई समेत नियन्त्रणमा लिएर कारवाही अगाडि बढाउने उनले वताए ।

तपाईको प्रतिक्रिया