Mountain dew 3

इनरुवा असोज १७/शिलबन्द माउण्टेन ड्युको बोतल भित्र मरेको कमिला भेटिएको छ ।सुनसरीको इटहरी स्थित रहेको ओके खाजा घरमा माउण्टेन ड्युको बोतलमा कमिला फेला परेको हो ।सुनसरी प्रशासनको टोली अनुगमनमा पुग्दा पसल संचालकले ड्युको बोतल देखाउँदै मरेको कमिला भएकाले आफुले उक्त पेय पदार्थ नबेचि राखेको प्रतिकृया दिएका थिए ।

Mountain dew 4
शिलबन्द उक्त माउण्ट्ेन ड्युको बोतल भित्र रहेको कमिला स्पष्ट देख्न सकिन्छ । अनुगमन टोली संयोजक सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाले कम्पनीलाई सो बारे जानकारी गराई लापरवाही बारेमा कार्वाहीको प्रकृया थाल्न मातहतलाई जानकारी गराउने बताउनुभयो ।सहायक प्रजिअ थापा नेतृत्वको टोलीले इटहरी बजारका विभिन्न किराना पसल, बेकरी , आइसक्रिम पार्लर तथा डिपार्टमेन्ट स्टोरहरुको अनुगमन गरेको थियो । अनुगमनका क्रममा भेटिएका म्याद नाघेका वस्तु नष्ट गरिएको थियो ।

तपाईको प्रतिक्रिया