१८ असोज, दिलिप साह राजविराज (प्रतिनिथि तस्बिर)। सप्तरी प्रहरीले बरामद गरेको अवैध सामानहरु भन्सार कार्यालय तिलाठीलाई आवश्यक कारबाहीको लागि बुझाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी र प्रहरी चौकी तिलाठीबाट खटिएको प्रहरी टोलीले राजविराज नगरपालिका–८ कुनौली सडक खण्ड र तिलाठी–८ खाँडोखोलाबाट व्यापारिक प्रयोजनकालागी भन्सार छलेर ल्याउदै गरेको अवस्थामा बरामद गरिएको बिभिन्न सामानहरु भन्सार कार्यालयलाई बुझाएको हो ।

प्रहरीले विस्कुट, सुर्ती, अगरबत्ती, भुजिया, चकलेट, चिनी, चियापत्ती र सातु सामानहरु बरामद गरेर तिलाठी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । ती सामानहरुको अन्दाजी मूल्य साढे रु.२४ हजार रहेको बताएको छ ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय कडोरबनाबाट खटिएको प्रहरी टोलीले सप्तरीको जमुनी मधेपुरा–१ स्थित टुनटुन साह, राम आशिस साह, बुचन साहको घरबाट ३५ लिटर घरेलु मदिरा र करिब २०० किलो मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ बरामद गरेको छ । बरामद मदिरा नष्ट गरिने उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया