काठमाडौं। राजनीतिक दल दर्ता गर्नका लागि अब १० हजार हस्ताक्षर नचाहिने भएको छ । राजनीतिक दलसम्बन्धी विधेयकमा १० हजार हस्ताक्षरलाई कटौती गरिएको हो ।

अब दल दर्ताका लागि ५ सय हस्ताक्षर गरेर निर्वाचन आयोगमा गएमा दल दर्ता गर्न सकिनेछ । संविधानसभाको निर्वाचनका लागि १० हजार हस्ताक्षर अनिवार्य गरिएको थियो ।

निर्वाचन अयोगले नै ५ सयजनाको हस्ताक्षर गरेमा दल दर्ता गर्ने प्रस्ताव गरेको थियो । त्यसलाई गृह मन्त्रालयले फेरबदल गरेको छैन ।

यसैगरी, शिक्षक र कर्मचारीले राजनीतिक दलको सदस्यता लिन नपाउने व्यवस्था गरिएको छ । राजनीतिक दलका केन्द्रीय समितिका पदाधिकारी र सदस्इमा निर्वाचित व्यक्तिले निर्वाचित भएको साठी दिनभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्नेछ ।आजको राजधानी दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया