Mahendra-jung-saha

काठमाडौं। मलेसियाका लागि नेपाली राजदूत डा. निरञ्जनमान सिंह बस्नेतले भ्रष्टाचारजन्य आफ्नो गलत कामलाई साथ नदिँदा गैरआवासीय नेपाली संघ (एनआरएन) मलेसियाका पूर्वअध्यक्ष महेन्द्रजंग शाहलाई आतंककारीको अभियोग लगाएर नेपाल फिर्ता पठाएको तथ्य खुलेको छ ।

मलेसियामा रहेका नेपालीलाई स्वदेश फिर्ताका लागि मलेसियाको कोप्रासी नामक गैरसरकारी संस्थालाई गैरकानुनी रुपमा दिइएको ठेक्कामा साथ नदिएपछि प्रतिष्ठित व्यवसायी शाहलार्य आतंककारीको अभियोग लगाई फिर्ता पठाईएको पाइएको हो ।

राजदूत बस्नेतले पत्र काटेर शाहलाई डिपोर्ट गर्न भनेपछि मलेसिया सरकारले पक्राउ गरी १४ दिन हिरासतमा राखेर नेपाल डिपोर्ट गरेको थियो । नेपाल ल्याएपछि भने उनलाई सार्वजनिक मुद्दा चलाइएको थियो ।आजको राजधानी दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया