kusmanada mata bhagwati god

१८  असोज । आज बडादसैंको चौथो दिन देवीभवानी कुष्मान्डा माताको पूजा–आराधना गरि मनाइदैछ । बिहानैदेखि देवी र दुर्गामाताका शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्मान्डा माताको पूजा आराधना गर्ने भक्तजनहरुको घुँइचो लागेको छ ।

उष्णता तथा शीतलतालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्मान्डा देवीमा रहेको बताइएको छ । कुष्मान्डाको लौकिक अर्थ कुभिन्डो हो ।

उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिन्डोलाई कुष्मान्डा देवीको प्रतीक मानेर दसैंमा यसको पूजाआजा गर्ने चलन छ ।

तपाईको प्रतिक्रिया