jackle-syalरौतहट। जिल्लाका विभिन्न ठाउँमा बौलाहा स्यालले टोक्दा ३५ जनाभन्दा बढी घाइते भएका छन् । तीमध्ये १८ को अवस्था गम्भीर छ । गरुडा, महम्मदपुर , पिपराचरुखी, गम्हरियालगायत गाउँका बासिन्दा घाइते भएका हुन् ।

स्यालले सोमबार साँझ ४ जनालाई र अरुलाई मंगलबार विहान शौच गर्न गएका बेला टोकेको हो । घाइतेमध्ये २६ को गौर अस्पताल र अरुको गरुडास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

विहान शौच गर्न गइरहेका बेला बाटोमा स्यालले आक्रमण गरेको गम्हरिया–८ की सुनितादेवी रामले बताइन् । ‘हेर्दाहेर्दै स्यालले झम्टिहाल्यो,’ उनले भनिन्, ‘भाग्ने मौकै पाइनँ ।’ बिहान घरबाट निस्कँदा आगनमै स्यालले घाँटीमा टोकेको अर्का घाइते सुनपतिया देवी साहले बताइन् ।

गौर अस्पताल पुगेका घाइते तत्काल उपचार नपाएपछि आक्रोशित भएका थिए । घाइतेमध्यो १८ लाई घाँटीभन्दा माथि टोकेको अस्पताका प्रमुख नागेश्वर जयसवालले बताए । उनीहरुको अवस्था गम्भीर छ । घाइतेलाई एआरभी भ्याक्सिन दिइएको छ । जिल्लामा भ्याक्सिन अभाव भएकाले थप उपलब्ध गराउन मंगलबार मध्यमाञ्चल क्षेत्रीय स्टोरलाई पत्राचार गरिएको जयसवालले बताए । गम्भीर बिरामीलाई थप उपचारका लागि राजधानीस्थित शुक्रराज शास्त्री ट्रपिकल मेमारियल सरुवा रोग अस्पतालमा रेफर गरिएको उनले बताए आजको कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया