press release afjal bhokraha laukahi
२० असोज , इनरुवा । कुटपिटको मुद्धा दर्ता गरेका भोक्राहाका अफजल हुसेनले प्रहरीले वेवास्ता गरेको भन्दै गुनासो पोखेका छन । असोज १३ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा कुटपिटमा संलग्नताको आरोप लगाउँदै सदरुल अन्सारी,सज्जाद अन्सारी, इलियास फलाही, अताबुल अन्सारी, रहमान अन्सारी र गुलजार अन्सारी विरुद्ध सार्वजनिक मुद्धा दर्ता गराइएको अफजलले बताए ।

भोक्राहामा अकमल हुसेन लगायत माथि सार्वजनिक स्थानमा कुटपिट गरेको आरोप सहित सुनसरी प्रहरीमा सार्वजनिक मुद्धा दर्ता गराइएको पीडित पक्षको भनाई छ । मुद्धा दर्ता गरेको सात दिन वितिसक्दा समेत प्रहरीले आरोपितहरुलाई पक्राउ गरी कार्वाही नबढाएको प्रति पीडित पक्षले गुनासो पोखेको छ ।

इलाका प्रहरी कार्यालय लौकहीमा पत्राचार गरी आवश्यक कार्वाही अघि बढाउन पत्राचार गरसकेको र सोही अनुरुप कार्वाही अघि बढिरहेको भनि आफुहरुलाई प्रहरीले भ्रममा राखेको उनिहरुको आरोप छ ।

विज्ञप्ती प्रकाशित गर्दै अफजल हुसेनले कार्वाहीको माग गरिएका व्यक्तिहरु पत्यक्ष प्रहरीको सम्पर्कमा रहेको र उठबस सँगै रहँदै आएको दावी गरेका छन् । विज्ञप्तीमा भनिएको छ : फरार रहेको भनिएकाहरुको प्रहरीसँगको निकटताका कारण उनिहरु पक्राउ नपरेका हुन् । घटनाको वास्तविकताको माग गरेका उनिहरुले सुनुवाईका लागि मानव अधिकार आयोगमा ध्यानाकर्षण गराउने जानकारी दिए ।

तपाईको प्रतिक्रिया