दाङ । परस्त्री काण्डमा मुखिएका दाङका एक प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालयले अञ्चल प्रहरी कार्यालय बागमतीमा तानेको छ ।

तुल्सीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण प्रसाईंलाई प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय तुल्सीपुरमा पत्राचार चरी अर्को आदेश नभएसम्मका लागि बागमतीमा खटाएको हो ।

प्रहरी प्रधान कार्यालयले प्रसाईंको ठाउँमा केन्द्रीय विशेष कार्यदलका डीएसपी लोकनाथ तिमिल्सिना (प्यासी)लाई काजमा पठाएको छ । प्रहरीको नियमित सरुवा प्रक्रियाअनुसार प्रसाईंको गत ३ भदौमै सरुवा भएपनि उनी लामो समय तुल्सीपुर नै बसेका थिए ।

११ असोजमा परस्त्रीकाण्डमा मुछिएको घटना बाहिर आएपछि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले त्यसको भोलिपल्ट अञ्चल प्रहरी कार्यालय राप्तीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रेम चन्दको संयोजकत्वमा छानविन टोली गठन गरेको थियो ।आजको राजधानी दैनिकमा खबर छ

तपाईको प्रतिक्रिया