२२ असोज, दिलिप साह राजविराज। सप्तरीको कंचनरुप–५ स्थित एक हार्डवेयर पसलमा आगलागी हुँदा पाँच लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीय अजय रौनियरको हार्डवेयर पसलमा अचानक विधुत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

सो आगलागीबाट हार्डवेयर पसलमा रहेका सम्पूर्ण सामान जल्दा पाँच लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कंचनरुपले जनाएको छ । आगोलाई स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको दमकलले नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया