Mahila२२ असोज, दिलिप साह राजविराज। सप्तरी बोरिया गाविसमा शनिबार शङ्कास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ ।

बोरिया गाविस–१ स्थित नहरमा श्याम वर्ण, हरियोमा सेतो बुट्टा भएको कुर्ता, गुलावी रङ्गको सुरुवाल, बैजनी रङ्गको सल, गुलाबी रङ्गमा सेतो कालो धर्को भएको हाते रुमाल, हल्का गुलाबी रङ्गको फित्तावाला चप्पल, बाँयाहातको माझी औलामा बजरिया औठी, नाकमा सुनको जस्तो फुली लगाएकी तराईबासी मुलुकी जस्तो देखिने महिलाको नाम ठेगाना नखुलेकी अन्दाजी २० वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

मुखको दुवैपट्टिको भागमा ढुङ्गा प्रहार भएको र शरीरको अन्य भागमा समेत नीलडाम परेको अवस्थामा शव फेला परेको हुँदा कसैले उहालाई हत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ । शवको जाँच मुचुल्का लगायतको अनुसन्धान कार्य सम्पन्न गरी स्वास्थ्य परीक्षणका लागि उहाको शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।घटनाबारे विस्तृत अध्ययन एवम् अनुसन्धान भइरहेको सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया