Teli Samaj

२८ असोज, दिलिप साह राजविराज। तेली कल्याण समाज सप्तरीले २२ औं मित्र मिलन समारोह तथा शुभकामना अदान प्रदान कार्यक्रम गरेको छ ।राजविराज स्थित साह सेवा सदनमा बिहीबार आयोजित सो कार्यक्रमलाई उदघाटन गर्दै पूर्व सांसद जगदीश प्रसाद साहले भावनात्मक रुपमा स्वजातीय एक ढिक्का हुनुपर्नेमा जोड दिनुभयो ।समाजका अध्यक्ष हरिनन्दन साहको अध्यक्षतामा आयोजित समारोहमा पूर्व सांसद साहले स्वजातीय निर्मित भौतिक संरचना निर्माण गरेर मात्र नभई यसको संरक्षण सम्बद्र्धन गर्नुपर्ने बताउँदै उहाँले प्रभावकारी रुपमा संचालन गर्नुपर्ने अबको मुख्य जिम्मेबारी रहेको बताउनुभयो ।

कार्यक्रममा साह सेवा सदनका अध्यक्ष रामचन्द्र साह, सचिव दुर्गाप्रसाद साह, एन प्याब्सनका अध्यक्ष बौकु साह, पूर्व कर्मचारी अनुप लाल साह, हेभी एक्पमेन्ट संघका अध्यक्ष दुर्गानन्द साह, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष धीरेन्द्र पसाद साह, महिला समितिका अध्यक्ष रेणु साह, शिक्षक तथा कर्मचारी समितिका अध्यक्ष टेक नारायण साह, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष योगेन्द्र प्रसाद साह, ओबिसीका अध्यक्ष शिवशंकर साह, समाजका कल्याणपुरका अध्यक्ष सीताराम साह, युवा समितिका पूर्व सचिव डोमन साह, समाजका उपाध्यक्ष योगेश साह, पूर्वाञ्चल विश्वविद्यालयका उपप्रध्यापक शशी साह, फोरमकी नेतृ सुनिता साह, स्वास्थ्यकर्मी डम्बर नारायण साह, तमरा अभियानका रामदत्त साह, सिनियर र्इंन्जिनीयर अशोक साह, समाजका पूर्व अध्यक्ष श्याम नारायण साह, शिक्षक तथा कर्मचारी मिलन केन्द्रका पूर्व अध्यक्ष सुबुधि साह, छिन्नमस्ता एफएमका अध्यक्ष शिव प्रताप साह लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सोही कार्यक्रममा बालिका इभा साह, शिब्स इन्टरनेशनल तथा ईस्र्टन ज्योति सेकेन्ड्री स्कुलका एश्वर्या सिंह, सुमन, जया, प्रमोद, आरती सिंह लगायतले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया