sunsari Prasasan fto
कात्तिक २० इनरुवा / लगातारको मधेश केन्द्रित आन्दोलन सँगै सरकारी सेवा सुविधा लिनेको संख्या न्यून बन्दै गएको छ ।
अढाई महिनायताको जारी लगातारको बन्दसँगै सर्वसाधारणको उल्लेख्य भिडभाड हुने जिल्ला प्रशासन कार्यालय सुनसरीको सेवा ह्वात्तै घटेको छ । बन्दका कारण सेवाग्राहीको उपस्थिती नहुँदा प्रशासनको प्रशासनको पछिल्लो त्रैमासिक प्रगति नै प्रभावित बनेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको त्रैमासिक प्रगति विवरणमा बन्दका कारण सेवाग्राही अभावमा कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवा, सुविधामा भारी गिरावट आएको उल्लेख छ । नागरिकता र राहदानी जस्ता सरकारी सेवा प्रवाहमा अग्रणी रहँदै आएको सुनसरी प्रशासनले पछिल्लो तीन महिना यता सरकारी सेवा उपभोग गर्नेको संख्यामा ५० प्रतिशतले कमी आएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिनुभयो ।

12202398_963749433672984_1968671271_n

प्रशासनले सार्वजनिक गरेको त्रैमासिक प्रगति विरणमा ३ सय ६५ वटा मुद्धाहरु फ्र्छौट हुन बाँकी रहेको उल्लेख छ । २ सय ४४ वटा मुद्धा भने फर्छौट भएको प्रशासनले जनाएको छ ।प्रशासनले सो अवधिमा ३६ लाख ३ हजार ५ सय ९९ रुपैया राहत वितरण गरेको छ । सुनसरी प्रशासनको त्रैमासिक प्रगति विवरणमा २ करौड १८ लाख २८ हजार ४ सय ५० रुपैया राजस्व संकलन भएको विवरण सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया