काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङले केही महिनाभित्रै नेपाल भ्रमण गर्नेविश्वास सरकारले व्यक्त गरेको छ । परराष्ट्रमन्त्री डा प्रकशशरण महतले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी राष्ट्रपति सीले केही महिनामै नेपाल भ्रमण गर्नेमा सरकार विश्वास रहेको बताएका हुन् ।

‘हामी भारतको गोवामा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई स्वागत गर्न नेपाल तयार रहेका सन्देश पुनः दिनेछौ,’पत्रकार सम्मेलनमा महतले भने,‘नेपाल सधैं छिमेकी राष्ट्र तथा सरकार प्रमुखहरुलाई स्वागत गर्न तयार नै छ ।’ब्रिक्स सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री महत सहितको टोली शनिबार त्यसतर्फ प्रस्थान गर्देछ ।

‘छिमेकी भारत र चीन सधैं नेपालको प्राथमिकतामा छन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमण दुई सातापछि हुँदैछ । आशा छ, चीनबाट पनि त्यही स्तरको भ्रमण छिट्टै हुनेछ,’ महतले भने, ‘प्रधानमन्त्री स्वयंले चिनियाँ राष्ट्रपतिसँग भेटेर नेपाल भ्रमणका लागि अनुरोध गर्नुहुनेछ । त्यसलाई चीनले अस्वीकार गर्छ जस्तो लाग्दैन ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया