काठमाण्डाै । एमाले वरिष्ठ नेता झलनाथ खनाल पार्टीको स्वतन्त्र नीति अनुसन्धान प्रतिष्ठान निर्माणमा सक्रिय छन् । केन्द्रीय कमिटीले डेढ वर्षअघि दिएको जिम्मेवारीअनुसार खनाल ढिलोगरी प्रतिष्ठान निर्माणमा सक्रिय बनेका हुन् ।अध्यक्ष केपी ओलीबाहेक एक सय ८३ केन्द्रीय नेता भूगोल र विभागीय काममा सक्रिय रहे पनि लामो समय बित्दा पनि खनालले पाएको जिम्मेवारीअनुसार प्रतिष्ठानले आकार ग्रहण गरेको थिएन ।
खनालले प्रतिष्ठान गठनसम्बन्धी कार्यविधिको प्रस्ताव तयार गरेर स्थायी समितिमा बुझाएका छन् । पार्टीले त्यसलाई पारित गरेपछि प्रतिष्ठानले पूर्ण आकार ग्रहण गर्नेछ । उपप्रमुख हमालले नेता खनाल प्रतिष्ठानलाई आकार दिन सक्रिय रहेको र दसैँ–तिहारलगत्तै गठन भइसक्ने बताए ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।