Maya-Gyawali-asrit patniकाठमाडौं। दासढुंगा दुर्घटना भएको २३ वर्षपछि जीवराज आश्रति पत्नी माया ज्ञवालीले नयाँ घर पाएकी छिन् । लामो समयदेखि माया चावहिलमा डेरामा बस्दै आएकी थिइन् ।

२०५० साल जेठ ३ गते दासढुंगामा भएको रहस्यमय दुर्घटनामा परी एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।

एमालेका तत्कालीन महासचिव मदनकी पत्नी विद्या भण्डारी भने अहिले राष्ट्रपति छिन् । एमाले काठमाडौं जिल्ला समितिले विभिन्न क्षेत्रबाट सहयोग जुटाएर ज्ञवालीका लागि घर बनाएको आजको अन्नपूर्णमा समाचार छ ।

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले शुक्रबार उनलाई घर हस्तान्तरण गरे । घर प्राप्त गरेपछि मयाले सहयोग गर्ने पार्टी र दातालाई धन्यवाद दिइन् ।

२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सहिद परिवारलाई जग्गा उपलव्ध गराउने निर्णय गरेअनुरुप मायालाई सरकारले जग्गा उपलव्ध गराएको थियो । तर आर्थिक अवस्था कमजोर भएकाले मायाले घर बनाउन सकेकी थिइनन् ।

अखिल नेपाल महिला संघ, एमाले उपत्यका समन्वय समिति र काठमाडौं जिल्ला समितिले घर निर्माणका लागि पहल गरेका थिए ।आजको अन्नपूर्ण पोस्टमा खबर छ।

तपाईको प्रतिक्रिया