salman_and_aiswora_pnpबलिउडमा कुनै बेला हंगामा मच्चाउने जोडी हुन् सलमान खान र ऐश्वर्या राय । उनीहरुको जोडीलाई बलिउडमा निकै रुचाइएको थियो। तर, समय सँधै उनीहरुको अनुकुलतामा रहेन । अन्नतः उनीहरु छुट्टिनु पर्यो।

सन् १९९९ मा फिल्म ‘हम दिल दे चुके सनम’मा सँगै काम गरेका उनीहरु २००२ मा बनेको ‘हम तुमारे हैं सनम’बा सदाका लागि छुट्टिए ।
त्यसपछि दर्शकहरुले उनीहरु दुईजनालाई एउटै फिल्ममा देख्न पाएका छैनन् ।

तर, एक अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार ऐश्वर्या सलमानसँग फिल्म खेल्न चाहाने तर उनले एउटा शर्त अघि सारेकी छिन् । समाचारले ऐश्वर्या सलमानसँग अतितलाई भुलेर फिल्म खेल्न राजी भएको बताएको छ।

तर, फिल्म खेल्नका लागि उनको शर्त रहेको छ, फिल्मको कथावस्तु र निर्देशक ‘असाधारण’ हुनुपर्ने । कस्तो प्रकृतिको असाधारण हो भन्नेबारे भने समाचारमा खुलाईएको छैन।पछिल्लो समय ऐश्वर्याले काम गरेका फिल्महरु लगातार असफल भएपछि उनी सफलता प्राप्त गर्न कुनै राम्रो कथा र निर्देशकको खोजीमा रहेको अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया