३० असोज, दिलिप साह राजविराज। नयाँ शक्ति नेपालका सप्तरी संयोजक छेदी रजक (बिमल) ले मधेशी जनताको जनभावना विपरित तीन ठूला दलले संविधान संसोधन गर्न आनाकानी गरीरहेको बताउनु भएको छ ।

दलित शक्ति नेपाल सप्तरीको क्षेत्र नं.४को क्षेत्रीय भेलालाई शनिवार सम्बोधन गर्नु हुदै संयोजक रजकले संविधान संशोधन बिना मधेशी दलित, मुस्लिम,थारु र आदिवासी जनजातिको माँग सम्बोधन हुन नसक्ने भएकाले तीन दल संशोधनको नाटंक मात्र गरिरहेकोले अब निर्णायक आन्दोलन गर्न तयार रहन आग्रह गर्नु भयो ।

सप्तरीको कनकट मा.वि.को प्राड्णमा राम कुमार मण्डलको अध्यक्षता तथा नयाँ शतिm नेपालका सप्तरी संयोजक छेदी रजक (बिमल)को प्रमुख आतिथ्यमा सम्पन्न भेलामा पार्टीका भगनी संगठन प्रमुख जगजीवन राम, जिल्ला सदस्य एवम् पूर्व जन स्वास्थ्य अधिकृत डम्बर नारायण साह, क्षेत्र नंम्बर ४का क्षेत्रीय संयोजक शेर सिंह, दलित शक्ति नेपाल नंम्बर ५ का संयोजक भूवनेश्वर पासवान, जिल्ला सदस्य राम बिलास मण्डल, राम अवतार मण्डल लगायतले आ आफ्नो विचार राख्नुभएको थियो ।

भेलाले अशोक रजकको संयोजकत्वमा दलित शतिm नेपाल सप्तरीको २५ सदस्यी ४ नंंम्बर क्षेत्रीय कार्य समिति गठन गरेको छ । समितिको सह संयोजकमा शंकर मण्डल,सदस्यहरुमा जय प्रकाश राम, जमली देवी खंग, रामसेवक राम, परमेश्वर साफी, मनोज कुमार राम, डोमी राम, सुकराती सदा, बिजली रजक, फूलिया देवी, अमरिता साफी, रधुविर खंग र सबरि सदा लगायत रहेका छन ।

तपाईको प्रतिक्रिया