lumbini

भैरहवा । विश्वमा शान्तिको सन्देश दिने गौतम बुद्धको जन्मस्थल लुम्बिनीको एकीकृत विकास गर्ने उद्धेश्यले तयार गरिएको लुम्बिनी विकास गुरुयोजना सरकारले आवश्यक बजेट विनियोजन गरे पाँच वर्षभित्र काम पूरा हुने भएको छ ।

गुरुयोजनाको हालसम्म करिब ८० प्रतिशत काम सकिएको छ । गुरुयोजनामा उल्लेख गरे अनुसार पवित्र जोन, अन्तर्राष्ट्रिय बिहार क्षेत्र, केन्द्रीय नहर, लिङ्क पोन्ड, संग्रहालय लगायतका संरचनाको काम पूरा भएकाले आगामी पाँच वर्षभित्र गुरुयोजनाको काम पूरा हुने
लुम्बिनी विकास कोषले जनाएको छ ।

गुरुयोजनाको काम सम्पन्न गर्न ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको कोषका सदस्यसचिव अजितमान तामाङले बताए । कोषले माग गरेअनुसार सरकारले रकम विनियोजन गर्दै गए पाँच वर्षभित्र गुरुयोजना पूरा गर्न कुनै समस्या नआउने उनले बतए ।आजको गोरखापत्र दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया