३० असोज, नरेन्द्र बस्नेत बेलबारी । नेपाल बिद्युत प्राधिकरणले दशैभर लोडसेडिङ दिनमा २ घण्टा मात्र गर्ने घोषणा गरेपनि मोरङको बेलबारी ४ स्थानीयले दशैभरी नै अन्धकारमा बिताउनु परेको छ ।

बेलबारी ४ शान्तिचोकका स्थानीय बासिन्दाले महाअष्टमीका दिनदेखि बिद्युत अबरुद्ध हुँदा अन्धकारमै दशै मनाऊन बाध्य भएका छन । ट्रान्सफर्मर जलेपछि प्राधिकरणले सो मर्मत नगर्दा स्थानीयले अन्धकारमा बस्नुपरेको छ । दुई पटक सम्म बिद्युत प्राधिकरण बेलबारी बितरण केन्द्रमा गएर जानकारी गराएको र थुप्रैपटक टेलिफोन गरिएपनि प्राधिकरणले कुनै चासो नदेखाएको स्थानीयले गुनासो गरेका छन ।

पटक पटक जानकारी गराउँदा पनि प्राधिकरणले बिभिन्न बहाना बनाएर समस्या समाधान नगरेको भन्दै स्थानीयले आक्रोश समेत पोखेका छन । चाडपर्बका बेला बिद्युत नआउँदा आफुहरुलाई समस्या परेको र सो प्रति प्राधिकरण गैरजिम्मेवार बनेको भन्दै उनीहरुले रोष प्रकट गरे । पटक पटक डेलगेसन र फोन गर्दा समेत बिद्युत मर्मत नगरेपछि आफुहरुको दसै पुर्ण रुपमा खल्लो बनेको उनीहरुको गुनासो समेत गरे ।

सोही बिषयमा नेपाल बिद्युत प्राधिकरण बेलबारी बितरण केन्द्रका प्रमुख धनपति यादब सँग पटक पटक सम्पर्क गर्दा समेत उनीसँग सम्पर्क हुन सकेन । कार्यलयमा फोन गर्दा दशैका कारण मर्मत गर्ने कर्मचारी बिदामा बसेको र दशै सकिनासाथ मर्मत गर्ने एक कर्मचारीले जवाफ फर्काएका छन ।

तपाईको प्रतिक्रिया