संखुवासभा । राजमार्ग र ग्रामीण सडक खाल्डाखुल्डीसँगै हिलाम्मे भएपछि दुई महिनादेखि सहज रुपमा गाडी चल्न सकेका छैनन् । दैनिक सयौं यात्रु समस्या भोग्न बाध्य छन् । यात्रु नै सडक मर्मतमा जुट्छन्, गाडी ठेल्छन्, अनि गन्तव्यमा पुग्न कोशिस गर्छन् ।

मोसम र सडकको अवस्था ख्याल नगरी जथाभावी सडक खन्दाको परिणाम हो यो। राज्यको असारे विकास प्रवृत्तिले बजेट फ्रिज हुने भन्दै रातारात सडक भत्काउने र रंग्याउने काम गरेपछि यहाँको कोसी राजमार्ग र ग्रामीण सडकहरु कामै नलाग्ने अवस्थामा पुगेका छन् ।

सडक सञ्जालसँग जोडिएका जिल्लाका २३ सडक मात्र नभएर कोसी राजमार्गअन्तर्गतका टुटेदेउरालीदेखि चैनपुरसम्मको सडकको अवस्था झन् खराब छ । मध्यपहाडी राजमार्गअन्तर्गत हिलेदेखि लेगुवा सडक र लेगुवादेखि सभासम्मको सडकको हालत पनि उस्तै छ ।

संखुवासभा र भोजपुरका यात्रुको चाप धान्न दैनिक ५० बढी यात्रुबाहक र ५० कै हाराहारीमा मालबाहक साधन चल्ने गर्छन् । १५ किलोमिटर सडक पार गर्न दुई दिनसम्म लाग्ने गरेको यातायत मजदुरहरु बताउँछन् ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

तपाईको प्रतिक्रिया