lost mahila sunsari1
इनरुवा १ कात्तिक/यि महिला यतिबेला महिला तथा बालबालिका कार्यालयको संरक्षणमा छिन् । इटहरीबाट प्रहरीले उद्धार गरी उनलाई महिला तथा बालबालिका कार्यालय सुनसरीको जिम्मा लगाएको हो ।

बजार क्षेत्रमा भौतारिरहेकी महिलालाई प्रहरी टोलीले आफन्त गुमाएको आशंकामा उद्धार गरी कार्यालयमा बुझाएको महिला तथा बालबालिका कार्यालय प्रमुख रश्मि श्रेष्ठले बताउनुभयो । बोल्न नसक्ने र मानशिक सन्तुलन गुमाएको हुँदा उनको नाम, थर र ठेगानाका साथै आफन्तको बारे पत्ता लाग्न सकेको छैन् ।

उक्त महिलालाई चिन्नु हुनेले परिवारलाई जानकारी गराइदिन या आफन्त कसैले खोजी गरिरहनु भएको भए सम्पर्क गर्न महिला तथा बालबालिका कार्यालय सुनसरीमा सम्पर्क गर्न कार्यालय प्रमुख श्रेष्ठले अनुरोध गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया