१ कार्तिक, बिर्तामोड । पूर्व पश्चिम राजमार्गस्थित शिवसताक्षी सडक खण्डको दुधेमा आज अपरान्ह माइक्रो वसको ठक्करबाट ७ वर्षीय वालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिव सताक्षी नगरपालिका –६ निवासी श्रीप्रसाद पौडेलका छोरा रोज पौडेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको वा ३ ख ७८७० नम्वरको माइक्रोवसले सडक किनारमा हिड्दै गरेका उनलाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।वसको ठक्करबाट गम्भीर घाइते बनेका पौडेलको उपचारका लागि दमकस्थित लाइफलाईन अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया