Raju-Ghale-Manang don gundaकाठमाडौं । ग्याङ बनाएर काठमाडौंमा आपराधिक गतिविधिमा संलग्न राजु घलेले १० वषअघि नेपाल छाडे । नेपाल छाड्नुको कारण थियो काठमाडौं जिल्ला अदालतमा चलिरहेको हत्यासम्बन्धी मुद्दा ।

२०५७ मा ठमेलमा भएको ग्याङ फाइटमा सख्त घाइते भएका अर्को समूहका सूवर्ण गुरुङको उपचारका क्रममा मृत्यु भएपछि उनीमाथि हत्या अभियोग लागेको थियो । उनी ७ वर्षसम्म कोरियामौ बसे र ३ वर्षअघि नेपाल फर्किए ।

कोरियामा बस्न नसकेपछि नेपाल फर्किएका उनी धोबीचौरको साटो अधिकांश समय भारतमा बस्थे । नेपाल फर्किएर उले पिपुल्स प्लाजामा फेन्सी पसल खोले पनि ढुक्क हुन सकेका थिएनन् । दसैं मनाउन काठमाडौं फर्किएका बेला असोज १६ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ ग¥यो ।

पक्राउ गर्नुको कारण थियो १६ वर्षअघिको त्यही हत्या । ‘हत्यामा जन्मकैद पाएका व्यक्ति धोबीचौरमा रहेको सूचनाका आधारमा खोज्दा फेला परे,’ ब्युरोका एसपी दिवस लोहनीले भने, ‘दसैंअघि पक्राउ परेकाले दसैं बिदा सकिएर अदालत खुलेपछि ३० गते बुझायौं, उनी केन्द्रीय कारागार पुगेका छन् ।’आजको कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया