hitlar-houseभियना। विवादका बीच अस्ट्रिया सरकारले जर्मनीका तत्कालीन तानाशाह एडोल्फ हिटलरको जन्म भएको घर भत्काउने तयारी गरेको छ । जर्मनी र अस्ट्रियाको सीमामा रहेको सो भवनमा सन् १८८९ मा हिटलरको जन्म भएको थियो ।

नाजी शासनका समयमा हिटलरको स्मारक बनाइएको सो भवन पर्यटकको आकर्षणको केन्द्र बन्दै आएको थियो । यद्यपि, सन् १९४४ मा नाजी शासनको अन्त्यपछि सो भवन बन्द गरिएको थियो ।

यो भवन नाजीहरूको केन्द्रबिन्दु वा पुजनीयस्थल नबनोस् भन्ने उद्देश्यले अस्ट्रिया सरकारले भत्काउने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घर भत्काउने विषयमा भने विवाद देखिएको छ । घरधनीले भत्काउन नदिने अडान लिएपछि सरकारले संसद्बाट नयाँ कानुन पारित गरेर भए पनि भत्काउने तयारी गरेको  आजको राजधानी दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया