Dhan४ कात्तिक, दिलिप साह राजविराज। सप्तरीमा विगत वर्ष भन्दा यस वर्ष धान उत्पादनमा वृद्धि हुने भएको छ । वर्षासँगै समयमै रोपाई भएका कारण विगतको बर्ष भन्दा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको हो । सप्तरी जिल्लाको कुल ७० हजार हेक्टर खेती योग्य जग्गामध्ये यस पटक ५६ हजार हेक्टर (८० प्रतिशत) मा धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय राजविराजले जानकारी दिनुभयो ।

रोपाईपछि सिंचाईका लागि चाहिने पानी समयमा पदा सिंचाईका लागि सुविधा भएको हुँदा धान उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यालयका प्रमुख भागिरथ यादवले बताउनुभयो । गतवर्ष पानीको अभावमा ३२ हजार ८ सय हेक्टर (४७ प्रतिशत) जग्गामा मात्र धान रोपाई भएको र २ मेट्रिक टन प्रति हेक्टरका दरले उत्पादन भएको थियो । यसपालि २ दशमलव ५ मेट्रिक टन प्रति हेक्टरका दरले उत्पादन हुने कार्यालय प्रमुख यादवको भनाई छ ।

उहाका अनुसार यस वर्ष कुल १ लाख ४० हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । सप्तरीका लागि १ लाख २८ हजार ४ सय ९६ मेट्रिक टन धान खपन हुने गरेकोमा यस वर्ष १२ हजार मेट्रिक टन धान वढी उत्पादन हुने कार्यालय प्रमुख यादवको भनाई छ । समयमा वर्षा भएको कारण गत वर्षको तुलनामा यस बर्ष वढी क्षेत्रफलमा धान रोपाई भएपनि वाढीले ७ हजार ७ सय हेक्टर खेती योग्य जमिनमा लगाईएको धान खेतीमा भने पुर्ण रुपमा क्षती पुर्याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जसका कारण वाढी प्रभावित १६ गाविसका ५ हजार परिवार पीडित हुन पुगेका छन् ।

तपाईको प्रतिक्रिया