Accident sirha mirchaiya४ कार्तिक, राम नारायण पंडित सिरहा । सिरहाको मिर्चैयामा रात्री बस र ट्रक एक आपसमा ठोकिदा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ । काकर्भिट्टाबाट काठमांडौ जादै गरेको ना ५ ख ४८९९ नम्बरको मकालु बस र बिपरित दिशाबाट आउँदै गरेको ना ३ ख ४१३० नम्बरको ट्रक गएराती करीब १२ बजे मिर्चैयाको कृषि बिकास बैंक अगाडी एक आपसमा ठोकिदा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ भने एक दर्जन भन्दा बढी यात्रु घाइते भएका छन् ।

घाइते मध्ये अबस्था गम्भिर रहेका ३ जनालाई स्थानिय स्तरमा उपचार सम्भब नभएपछि थप उपचारको लागि बिराटनगर रेफर गरिएको छ भने समान्य घाइतेहरुको मिर्चैयाको रेखा नरसिंग होममा उपचार भइरहेको ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका ट्राफिक प्रहरी नायब निरिक्षक शिब नारायण कुमर दनुबारले जानकारी दिए । दुर्घटनाको सम्बन्धमा थप बिबरण आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया