Kamal-Thapa-in-Geneva-890x395_c

आखिर जे पर्ला पर्ला भनेर नेपालले जेनेभा अन्तर्राष्ट्रिय सम्मेलनमा भारतको हेपाहा प्रवृत्तिलाई अन्तर्राष्ट्रियकरण गरेरै छाड्यो |

छिमेकी कूटनीतिको नाममा भारतको हिङ हल्लाइ नेपालले सहँदै आएको थियो | यसपालि चैँ थाम्नै नसकेर नेपाल कडक्यो | अहिलेसम्म भारतप्रतिको नेपालको परराष्ट्र नीति ‘त्वं शरणम्’ थियो |

संविधानसभाबाट जारी भएको संविधानपश्चात् नेपालमा गठन भएको पहिलो सरकारले भारतीय हैकमवादी निरन्तरतालाई तोड्ने जमर्को गरेकोमा नयाँ सरकारलाई जश दिनुपर्छ | सरकारले आफ्नो अडानलाई दिगो रुप दिन सक्छ कि सक्दैन, त्यो त भविष्यले नै बताउला |

सत्ताबाहिर रहेको भारतमुखी ठानिएको नेपालको सबभन्दा ठूलो पार्टी नेपाली काँग्रेसले पनि समयानुरुप आफ्नो पार्टिको वैदेशिक धारणामा परिवर्तन ल्याउन अत्यावश्यक भैसकेको छ |

मधेशवादी पार्टी भारततिर जति नै ढेपिए पनि तिनले आखिर बाँच्नुपर्ने त नेपालैमा हो क्यार ! घुर्की देखाऊ, ठुस्क, मुठ्ठी बटार, चर्को आवाजले आफ्नो कुरो राख | तर जातीय विद्वेष हुने, अखण्डतामा आँच आउने, नेपालित्व तल पार्ने र नेपालीले नै दु:ख पाउने काम चाहिँ कसैबाट हुनु भएन |

अनि एकात्मवादीहरुले पनि आदिवासी जनजाति र मधेशी बन्धुहरुलाई सद्भाव, समभाव र सदाचार देखाउनुपर्‍यो | उनीहरुलाई ‘भोटे’ र ‘बिहारी’ ठान्ने मानसिकता त्याग्नुपर्‍यो |

चरम आर्थिक क्रान्ति गरिरहेका दुई छिमेकी मुलुकका बीचमा बसेर हामीले गर्ने काम अनेकानेक छन् | आआफ्ना प्रदेशमा विकासको बिगुल फुकौँ ! पुँजीवादी आर्थिक क्रान्तिको माध्यमबाट समाजवादतर्फ उन्मुख होऔँ ! हाम्रो अगाडि सम्भावनै सम्भावना छ |इसमताबाट

तपाईको प्रतिक्रिया