dangihat healthpost morang

४ कार्तिक, नरेन्द्र बस्नेत मोरंग । डाँगीहाट स्वास्थ्य चौकीको भवन ७ बर्ष बितिसक्दा समेत निर्माण सम्पन्न नभएपछि सेवाग्राहीहरु मर्कामा परेका छन भने कर्मचारीहरुलाई समेत काम गर्न असहज बनेको छ ।

निर्माणको जिम्मा लिएको ठेकेदारको चरम लापरबाहीका कारण स्वास्थ्य चौकीको नब निर्मित भबन सात बर्ष बितिसक्दा समेत बन्न सकेको छैन । बि.स २०६७ भदौ देखी निर्माण गर्न थालिएको उत्त भबन अहिले सम्म पनि बनि सकेको छैन । दुई बर्ष भित्रमा भवन बनाई सक्ने गरी टेन्डर मार्फत एमके कन्ट्रक्सन काठमाण्डौले काम गर्ने जिम्मा लिए पनि सात बर्ष बितिसक्दा समेत भवन सम्पन्न हुन सकेको छैन ।

सो कन्ट्रक्सनले २०६९ भदौमा भवन पुरा गरी हस्तान्तरण गर्नुपर्ने भएपनि ठेकेदारले काम नगर्दा अहिले सम्म भबनको काम ७० प्रतिशत मात्रै भएको छ । १ करोड २५ लाखको लगानीमा दुई तले २८ कोठाको भवन बनाउने गरी सम्झौता भए पनि काम भने हुन सकेको छैन । भवन नबन्दा स्वास्थ्य चौकी भाडाको साँघुरो कोठामा बस्न बाध्य बनेको छ ।

स्वास्थ्य चौकीमा दैनिक ४० जना भन्दा वढी बिरामी आउने गरेको स्वास्थ्य चौकीका प्रमुख अहेब लिला बुढाथोकीले बताए । भाडामा लिएको २ वटा कोठामा ओपीडी,सुत्केरी चाँच,ड्रेसीङ लगायतका काम एकै ठाँऊमा गर्नुपर्दा समस्या भएको उनले सुनाए । भवन नबन्दा दुई वटा कोठामा स्थास्थ्य चौकी सञ्चालन गर्नु परेकोले राम्रो सेवा दिन नसकिएको अर्का अहेब भुपेन्द्र अधिकारी बताउँछन ।

मासिक २ हजार भाडा तिरेर स्वास्थ्य चोकि सञ्चालन गरीएको छ । ५ जना कर्मचारी लाई बस्ने ठाँउ समेत अभाब हुने गरेको छ । कार्यालयमा दुई जना सिनियर अहेब १ जना अहेब २ जना अनमी र एक जना कार्यालय सहयोगी रहेका छन । भवन बनाउनका लागी शहरी तथा भबन निर्माण विभाग बिराटनगरले समेत ताकेता गरेको छैन । यता ठेकेदार तारा खतिवडा सँग सम्पर्क गर्दा उनले अबको दुई महिना भित्र भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने टेलिफोनमा बताए ।

तपाईको प्रतिक्रिया