०४ कात्तिक, दिलिप साह राजविराज। ५० हप्ते सरसफाई अभियान थालेको सप्तरीका युवाहरुले एक समाजसेवीद्वारा गमबुट सहयोग गरेका छन् । युवाहरुले थालेको काम एकदमै सकारात्मक रहेको भन्दै तिलाठी गाविस निवासी मनोज यादवले फोहोर संकलन गर्दा प्रयोग गरिने जुत्ता सहयोग गरेका छन् ।

ओभरसियर रहेका यादवले १० जोडी उक्त जुत्ता बिहीबार युवा समितिलाई हस्तान्तरण गरेका छन् । नेपाली सेनाका प्रमुख सेनानी बिमल थापाको पहलमा यादवले जुत्ता उपलब्ध गराएका हुन् । यादवले थापाको उपस्थितिमा सप्तरी युवा मूल समारोह समितिका सदस्य मोहन यादवलाई उक्त जुत्ता हस्तान्तरण गरे । युवाहरुले प्रारम्भ गरेको ५० हप्ते सरसफाई अन्तर्गत ७ हप्ता पूरा गरिसकेको छ ।

तपाईको प्रतिक्रिया