एजेन्सी 

हालै अनलाईन डेटिङ साइट एश्ले मेडिसनको ह्याक भएको थियो । 

Anna-Chapman

ह्याकर्सले यस साइटमा जाने लाखौं प्रयोगकर्ताको व्यक्तिगत जानकारी लिएर शेयर गरेका थिए । तर संसारकै लोकप्रिय र सुन्दर ह्याकर को हो भन्ने बारेमा तपाईलाई जानकारी नहुन सक्छ ।

अन्ना च्यापम्यानको नाम ह्याकरहरुमा अग्रपंक्तिमा आउँछ । जसले अमेरिका विरुद्ध ह्याकिङ गरेकी थिइन् । रुसी यी ह्याकर २७ जुन २०१० मा उनका ९ जना साथीहरुसहित अमेरिकाको न्युयोर्कबाट पक्राउ परेकी थिइन् ।

उनीमाथि अमेरिका विरुद्ध ह्याकिङ र जासुसी गरेको आरोपमा पक्राउ गरिएको थियो । अन्नाले मस्को युनिभरसिटीमा अध्ययन गरेकी हुन् । उनलाई दोस्रो पटक एफबीआईले पक्राउ गरेको थियो ।

३ जुलाई २०१३ उनको फोटो र भिडियो इन्टरनेटमा भाइरल बनेको थियो, जब उनले एडवार्ड स्नोडेनसँग विवाहको प्रस्ताव गरेकी थिइन् ।

स्नोडेन अमेरिकी गुप्तचर एजेन्सी सीआईएका कर्मचारी थिए । उनीमाथि अमेरिकाका गोप्य कुराहरु बाहिर ल्याएको आरोप लागेको थियो ।

 

तपाईको प्रतिक्रिया