Ae-Dil-Hai-Mushkil

मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन अभिनित चलचित्र ए दिल है मुस्किल केही समयपछि रिलिज हुँदैछ । रिलिजको पूर्वसन्ध्यामा यो चलचित्र र यसकी नायिका ऐश्वर्या सँग जोडिएको एउटा रहस्य खुलासा भएको छ ।

यो खुलासाले चलचित्रको व्यापारमा निकै धक्का पुग्ने अनुमान लगाइएको छ । खासमा कुरा के भने यो चलचित्रकी नायिकाकी रुपमा चित्रित गरिएकी ऐश्वर्याको यस चलचित्रमा निकै छोटो भूमिका रहेको बताइको छ । यसअघि यसका निर्माता यस सम्बन्धमा कुनै अभिव्यक्ती दिएका थिएनन् मात्र नायिकाका रुपमा ऐश्वर्यालाई चित्रित गर्दै आइरहेको थिए ।

यो खबरले भारतीय मिडियाहरुमा सन्सनी मच्चिाएको छ । चलचित्र ‘ए दिल है मुश्किल’मा उनको २० मिनेटको मात्रै भूमिका रहेको बताइएको छ । यसका निर्माता करण जोहरले अनुष्का शर्मा, रणबीर कपुरसँगै ऐश्वर्याको पनि लिड अभिनय रहेको र सबैको समान भूमिका रहेको बताउँदै आएका बेला यो चलचित्रमा ऐश्वर्याको निकै छोटो भूमिका रहेको खबर सार्वजनिक भएपछि दर्शकहरु यो चलचित्र हेर्ने कि नहेर्ने अन्यौलमा परेका छन् ।

तपाईको प्रतिक्रिया