५ कार्तिक, टोकियो ।  जापानमा फेरी शक्तिशाली भूकम्प गएको छ। जापानको कुमामोटोमा भूकम्प गएको बीबीसीले जनाएको छ। जापानमा बिहीबार मात्रै ६.२ रेक्टर स्केलको भूकम्प गएको थियो।

भूकम्प पछि सुनामीको चेतावनी दिइएको छ। भूकम्पको क्षति विवरण भने आउन सकेको छैन। अधिकारीहरुका अनुसार भूकम्पका दुई ठूला धक्का महसुस गरिएको थियो। जसको तिब्रता ७.१ र ७.४ रहेको जनाइएको छ।

जापान मेटेरोलोजिकल एजेन्सीका अनुसार स्थानिय समय अनुसार २ बजेर ७ मिनेटमा ६.६ रेक्टर स्केलको शक्तिशालि भूकम्प गएको हो ।भूकम्प पछि सुनामी चेतावनीसँगै शिंकनसेन रेल सेवा अवरुद्ध हुन पुगेको छ ।

रेल सेवा अवरुद्धसँगै लाखौं यात्रु प्रभावित भएका छन् । एनएचके टेलिभिजनका अनुसार ओसाका र हाकाता स्टेशन बीच सान्यो शिंकनसेल क्षेत्रका सबै रेल सेवा अवरुद्ध छन् । रेल सेवा विद्युत आपुर्ति अवरुद्धका कारण गर्नुपरेको जनाइएको हो।

तपाईको प्रतिक्रिया