६ कात्तिक, दिलिप साह राजविराज। सप्तरीको खोजपुर गाविस–८ मा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोजपुर गाविस–८ बस्ने धनसीराम ठाकुरकी १३ बर्षिया छोरी रेखा कुमारी ठाकुर रहेकी छिन् ।

बालिकालाई शु्क्रबार दिउँसो १२ः३० बजेतिर आफ्नै घरमा टर्च लाईट चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया