कात्तिक ६, इनरुवा । सुनसरीको अमाहीवेल्हा ६ की २६ वर्षिया नाजीया खातुनको औषधी सेवनका कारण ज्यान गएको छ । सामान्य विरामी अवस्थामा रहेकी नाजीयाले विदेशमा रहेका उनिकै श्रीमान इस्राफिल अन्सारीले भनेबमोजिमको औषधी सेवन गरेकी थिइन् ।

श्रीमानले फोन गरी समिम भन्ने व्यक्तिले ल्याइदिएको औषधी खान भनेपछि नाजीयाले नाम नखुलेको औषधी सेवन गरेकी थिइन् । उक्त औषधी सेवन पश्चात विरामी भई आफन्तले उपचारका लागि नोबेल अस्पताल पुर्याएकोमा उपचारका क्रममा ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया