६ कात्तिक, दिलिप साह राजविराज ।राजबिराजमा संचालित एमपिएलको टि टवान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको शनिवार भएको खेलमा मेसु राजबिराजले १०८ रनको फराकिलो अन्तरले सिरहालाई पराजित गरेको छ भने नवलपरासीले मोरंगलाई ७ बिकेटले हराएको छ ।

स्थानिय राजरंगशालामा शनिवार भएको पहिलो खेलमा टस जितेर मेसुले २० ओभरमा ७ बिकेट गुमाई १८७ रनको योगफल खडा गरेका थिए ।
जसमा दलजितु कुमारले बिष्फोटक ब्याटिंग गर्दे ४ छक्का र ६ चोक्काको मदतले अबिजित ६६ रन बनाएका थिए भने गौरब खडकाले ४९ रनको योगदान गरेका थिए ।

बलिंग तर्फ सिरहाका राज रोय ३,बिकेट र अजय तथा मनिष मण्डलले १÷१ बिकेट हात पारेका थिए । जवाफमा सिरहाले २० ओभरमा ७ बिकेट गुमाएर ७९ रनमै सिमित रहे । जसमा ओम यादव १८ रोहन बिके १७ अपु चौरसिया १४ रन बनाए । बलिंग तर्फ राजबिराजका धिरज दास ३ बिकेट र अजय राजबंशी तथा मुकुन्द यादब १÷१ बिकेट हात पारेको थियो । खेलको म्यान अफ दि म्याच दलजित कुमार लाई रामसपा का जिल्ला अध्यक्ष सतिश सिँहले पुरस्कार बितरण गरेका थिए।

यसै गरी दोस्रो खेल ईष्र्टन कलेज बिराटनगर र रामग्राम नवलपरासी बिच भएको खेलमा टस जितेर बिराटनगरले २० ओभरमा सबै बिकेट गुमाई १०४ रनको योगफल खडा गरेका थिए । जसमा सिमान्त राय २५ रन शसांक शेखर २१ राहुल मण्डल नटआउट १६ रन जोडेका थिए ।
बलिंग तर्फ नवलपरासी पुरन बिके ३ बिकेट जितेन्द्र शहनी २, र रोहन गुप्ता १ बिकेट हात पारेका थिए । जवाफमा १०५ रनको लक्ष्य लिएका नवलपरासीले १२.३ ओभरमा ३ बिकेटको क्षतिमा बिजय हासिल गरेका थिए । जसमा टिमका लागी संदिप रजालीले बिष्फोटक ब्याटिंग गर्दे ५८ रन जोड भने पुरन बिकेले नटआउट ४० रन बनाएपछि जित सहज भएको हो ।

बलिंग बिराटनगरका तर्फ उदित राय,राहुल मण्डल,र राघव यादबले समान्य १÷१ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच पुरन बिके घोषित भएको थियो । घोषित म्यान अफ दि म्याचलाई रेडियो नेपालका सम्वाददाता संजिवबिक्रम साहले प्रदान गरेका थिए । भोली देखी संचालन हुने क्वाटर फाईनल खेल अन्तर्गत पहिलो खेल रंजितपुर राईर्डस सप्तरी बिरुध मोहतरी तथा गण्पति राजबिराज बिरुध नवलपरासी बिच हुने आयोजक समितिका सदस्य उज्वल यादबले जानकारी गराएका छन ।

तपाईको प्रतिक्रिया