भक्तपुर – भक्तपुरको एक विद्यालयका भूकम्प पिडित विद्यार्थीसंग डेभिड बेकह्यामले फुटबल खेलेका छन् । उनले भक्तपुरको पाँच तले मन्दिर परिसरमा दरबार स्क्वायरमा रहेको श्री पद्यम उच्च माविका कक्षा ८, ९ र १० कक्षामा अध्ययनरत छात्र तथा छात्रासंग करीब १० मिनेट फुटबल खेलेका थिए । विविसीको संयोजनमा युनिसेभको दुत समेत रहेका बेह्कम च्यारिटीका लागि नेपाल आएका हुन् । उनले एसिया महादेशको नेपालसँगै सबै ६ महादेशका देशमा पनि फुटबल खेल्नेछन्। उनी शनिबार फर्कने कार्यक्रम रहेको छ ।

