८ कार्तिक, विराटनगर रोशन पोखरेल । ट्रान्सपोर्ट एसोसेशन विराटनगर मोरंगको १४ अधिवेशन तथा सातौ साधारण सभा हिजो विराटनगरको कृष्ण पार्टि प्यालेसमा एक कार्यक्रमका विच उदधाटन गरिएको छ ।

साधारण सभाको उदधाटन अध्यक्षमा सन्द दुम्जाली ले गर्नुभएको थियो । दिपक पौडेल ,चिरञ्जिवि रेग्मी लगायतका अतिथिहरुले आफनो स्वागत मनत्व्य राख्नुभएको थियो । सो अवसरमा नयाँ कार्य समिति समेत चयन भएको थियो । नयाँ कार्य समितिको अध्यक्षमा सुशिल जोशी , उपाध्यक्षमा विनोद कुमार राउत महा सचिवमा निरव भण्डारी , सचिवमा सोम प्रसाद भटट् , कोषाअध्यक्षमा अशोक पोद्दार साथै सदस्यहरुमा दिपक जोशी , लगायतका पदाकारी निर्वाचित हुनुभएको थियो ।

साथै नयाँ कार्यसमितिको पहिलो वैठक आज ३ वजे वस्ने वताइएको छ । भावि समयमा ढुवानी व्यावसायलाई सहज वनाउनको लागी आज विशेष वैठक वस्ने उपाध्यक्ष विनोद कुमार राउतले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया