kanchanpur Fhohar photo

९ कार्तिक,राजकुमार पासवान सप्तरी। कञ्चनरुप नगरपालिकाले नगर भित्र फोहर व्यस्थापन गर्न सिमेन्टको रिङ्ग(डस्टवीन) निमार्ण गरि ठाउँ ठाउँमा राखेपनि त्यहाँ जम्मा भएको फोहर नफाल्दा नगरपालिका चौक र बजार दुर्गन्धीत भएका छन् ।

नगरपालिकाले गत आर्थिक वर्षमा ११ लाखको लागतमा सिमेन्टको रिङ्ग(डस्टवीन) निमार्ण गरि कञ्चनपुर बजार, बेरियर र रुपनगर लगायतका ठाउँमा राखेका छन् । तर महिनौं भइसक्दा पनि त्यस भित्र स्थानीयले फालेका फोहोर नउठाई दिदाँ फोहर कुहिएर दुर्गन्धीत हुन पुगेको हो । नगरपालिकाले फोहरको उचित व्यवस्थापन नगरेको भन्दै स्थानीहरु आक्रोशति बनेका छन् ।

कञ्चनपुर बजार स्थित ललित मिष्ठान भण्डारका प्रोप्राइटर ललन साहले भने “नगरपालिका जनतासंग कर असुल गर्न जानेको छ ,जनतालाई सुविधा दिन होईन ।” आफनो पसल अगाडी २ वटा डस्टवीन राखेको तर महिनौं वित्दा पनि फोहर व्यवस्थापन नगरेको कारण व्यापार नै प्रभावित हुने अवस्थामा पुगेको भन्दै साहले भने “ नगरपालिकामा फोहर व्यवस्थापन गर्नु पर्छ भनेर गुनासो गर्न जाँदा उल्टै नगरपालिका कर्मचारीले ‘तपाईलाई कसले फोहर फाल्न भन्यो’ जस्ता गैर जिम्मेबार जवाफ दिएको गुनासो गनर्भु यो ।

नगरपालिकाले  तत्काल फोहर व्यवस्थापन नगरे स्थानीय प्रशासनलाई जानकारी गराएर युवाहरु संगठित भइ आन्दोलन गर्ने चेतावनी साहले दिनुभयो ।

नगरपालिकाले फोहर कहाँ फाल्ने ?

नगरपालिकाले सिमेन्टको रिङ्ग(डस्टवीन) निमार्ण गरि ठाउँ ठाउँमा राखेपनि त्यसभित्रको फोहर फाल्ने (डम्पिङ्ग साइड)को व्यवस्था नभएकोले समस्यामा परेको छ । गएको आर्थिक वर्षमा डम्पिङ्ग साइड छनौट गर्न रुपनगर तथा बदगामा स्थित सरकारी जग्गा अवलोकन गरि प्रक्रिया अघि बढाउँदा स्थानीयहरुले बिरोध गरेको कारण हुन नसकेकोले अहिल  सर्वसाधारणहरु समस्यामा परेका हुन । हुनत गएको मंगलबार नगरपालिका कार्यकारी अधिकृत रामनारायण साह सहितको टोली धनकुट्टा फोहर व्यवस्थापन सम्बन्धी सिकाई भ्रमणमा गएको थियो ।

नगरपालिकाका कार्यकारी अधिकृत रामनारायण साहले तिहार भन्दा अगाडी नै फाहे र व्यवस्थापन गर्ने र तदपश्चात फाहोर व्यवस्थापन गर्ने ठाउ  निकार्लै तथा तयारी नहुन्जेल फोहर डस्टवीनमा नफाल्न अनुरोध गर्ने बताउनु भयो । उहाले  डम्पिङ्ग साइडको लागि बरमझिया स्थित सुन्दरी खोला छेऊमा ठाउँ अवलोकन भइसको समेत जानकारी गराउनु भयो ।

तपाईको प्रतिक्रिया