Ram

इनरुवा ९ कात्तिक/माओवादीका राम कोइराला एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्र सुनसरीबाट केन्द्रीय कमिटी सदस्य रहेका राम एमालेमा प्रवेश गरेका हुन् ।जिल्लामा माओवादीका नाम कहलिएका र चर्चीच नेता राम कोइराला एकाएम एमालेमा प्रवेश गर्नुलाई आश्चर्यका रुपमा लिइएको छ ।

एमाले मधेशा गाँउ कमिटीको आयोजनामा मंगलवार भएको प्रशिक्षण तथा चियापान कार्यक्रममा नेता कोइरालालाई नेकपा एमालेका केन्द्रीय सदस्य एंव सुनसरी इन्चार्ज धर्मराज निरौलाले स्वागत गरेका थिए । नेकपा एमाले निकट अनेरास्ववीयुको सुनसरी जिल्ला अध्यक्ष , सुनसरी बहुमुखी क्याम्पसका प्रथम स्ववियु सभापती निर्वाचित भएका कोइराला २०६४ सालको पहिलो संविधानसभा निर्वाचन देखी प्रचण्ड नेतृत्वको नेकपा माओवादीमा प्रवेश गरेका थिए ।

एमाले प्रवेश पछि कोइरालाले माओवादी वैचारिक रुपमा विचलीत हुदै गएको , पार्टीका नेता कार्यकर्ताहरुमा युद्धकालीन शैली र धङधङी बाँकी रहेको बताउदै माओवादीमा विचार शुन्य भएका मानिसहरु मात्र बाकी रहेकाले सो पार्टी परित्याग गरेको बताए । नेकपा एमालेका केन्द्रीय सदस्य धर्मराज निरौलाले कोइरालालाई एक दुई दिन भित्रै पार्टीमा उचित जिम्मेवारी दिने तयारी भएकाले कोइराला सगै माओवादी पार्टी परित्याग गरि सयौ केन्द्रीय नेता तथा जिल्ला तहका कार्यकर्ताहरु प्रवेश गर्ने भएकाले औपचारिक कार्यक्रम पछि गरिने बताए ।

तपाईको प्रतिक्रिया