०९ कात्तिक, दिलिप साह राजविराज। सप्तरी प्रहरीले पाँच लाख भारतीय रुपियाँ सहित एक जना फेरी पक्राउ परेको छ । सोमबार दिउँसो सप्तरीको रम्पुरा मल्हनिया गाविस–६ का बिरेन्द्र प्रसाद यादवलाई चेकजाचको क्रममा सशस्त्र प्रहरीले भारतीय मुद्रा सहित तिलाठी गाविस–८ कुनौली भन्सारबाट पक्राउ गरेको छ ।

पक्राउ परेका यादवका साथबाट भारतीय रु. पाँच लाख ३७ हजार २०० अस्सी रुपियाँ बरामद भएको बताएको छ । यादवलाई आवश्यक कारवाहीका लागि राजस्व कार्यालय बबरमहल काठमाडौं पठाइने तयारी भइरहेको प्रहरी उपरिक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।
तीन दिन अघि भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा सप्तरीको तिलाठी गाउँ विकास समितिको वडा नम्वर–८ बाट युपिको मेरठ जिल्ला बिसोलाका ३८ वर्षिय रजनिसकुमार चौधरीलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले चौधरीको शरिर खानतलासी गर्दा साथमा लुकाईराखेको भारतीय नोट रु. ५०० दरको १ बुकमा पचास हजार रुपियाँ दरको प्लास्टिकको रबरले बाँधिएको ८ वटा बुकमा जम्मा चार लाख रुपियाँ फेला परेको थियो ।पक्राउ परेका चौधरी र बरामद गरिएको भारतिय रुपियाँसहित थप कार्वाहीको लागि केन्द्रीय राजश्व कार्यालय बबरमहल काठमाण्डौं पठाइएको छ ।

तपाईको प्रतिक्रिया