12207847_964096323638295_1763581822_n

२१ कात्तिक इनरुवा/ सुनसरीको लौकहीमा मालवाहक ट्रक स्थानीयको पसलमा ठोकिएर दुर्घटनामा परेको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख ४६५४ नम्बरको मालबाहक ट्रक गयराती लौकही ६ स्थित पूर्वपश्चिम राजमार्ग छेउमा रहेको चन्देश्वर साहको पसलको सटरमा ठोकिन पुगेको थियो ।
अनियन्त्रित भएको ट्रक हुत्तिएर पसलमा ठोकिदाँ ट्रकको अगाडीको भाग पूर्ण रुपमा कुच्चिँदा च्यापिएका ट्रक चालक हेटौंडा बस्ने वर्ष ३० का केशव स्याङबोलाई ६ घण्टा लामो उद्यार प्रयास पश्चात सकुशल निकालिएको छ । दुर्घटना लगतै घटनास्थलमा खटिएको नेपाल प्रहरी र ससस्त्रको टोलीले स्थानीयको सहयोगमा आज विहान ट्रक चाललको सकुशल उद्धार गर्न सफल भएको थियो ।

12200480_1152453684783624_659420974_n

टाउको र खुट्टामा गम्भिर चोट लागेका चालकलाई उपचारका लागि न्यूरो हस्पिटल विराटनगर पठाइएको सुनसरीका प्रहरी उपरीक्षक संजयराज शर्माले बताए । उक्त ट्रकमा सवार सहचालक हेटौंडाकै संजिब बम, अनिल लामा र आशिष थिङलाई भने प्रहरीले रातिनै उद्धार गरी जिल्ला अस्पताल पठाएको थियो । केरा लोड गरेको सो मालबाहक ट्रक प्रहरी स्कटिङमा छुटेपछि तिव्र गतिमा गुडेका कारण अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

तपाईको प्रतिक्रिया