Inaruwa Yemale uml

१० कात्तिक, इनरुवा । एमालेका केन्द्रिय सदस्य तथा पूर्व सांसद धर्मराज निरौलाले संसदमा पेश गरिएको लोकमान सिङ कार्की विरुद्धको महाअभियोग प्रस्ताव उपर अन्तिम समयमा नेपाली कांग्रेसले समेत मतदान गर्ने दावी गर्नुभएको छ ।

तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदानका लागि नेकपा एमाले मधेशा गाउँ कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै निरौलाले महाअभियोगको मुद्धा नै काँग्रेसको एजेण्टा र प्राथमिकतामा रहेको बताउनुभयो । महाअभियोग सम्वन्धमा तत्काल काँग्रेसले ढुलमुले प्रवृति देखाउँदै आएपनि अन्तिम समयमा भने उसले समर्थन जनाउने निरौलाको दावी थियो ।

शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमालेका जिल्लातहका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रमपूर्व कार्यकर्ताहरुलाई पाटीको मजबुतिकरण सम्वन्धमा प्रशिक्षण समेत दिइएको थियो । रामप्रसाद गेलालको अध्यक्षमा सम्पन्न कार्यक्रममा पाटी जिल्ला कमिटी उपाध्यक्ष रमेश बस्नेत, जिल्ला सदस्यहर हेमनारायण चौधरी,हरी नारायण चौधरी, सचिवालय सदस्य श्यामदेव मेहता, लेखा सदस्य बोधराज आचार्य, सत्यनारायण चौधरी लगायतकाले बोलेका थिए ।

 

तपाईको प्रतिक्रिया