Ban chunab ramdhuni jhumka

९ कात्तिक, अमर काफ्ले इनरुवा । रामधुनी नमूना सामूदायिक वन उपभोक्ता समिति सुनसरीको उपाध्यक्ष र एक सदस्यका लागि मतदान सम्पन्न भएको छ ।  अध्यक्ष र अन्य पदाधिकारीहरु निर्विरोध भैसकेपनि उपाध्यक्ष र एक खुल्ला सदस्यका लागि आज निर्वाचन भएको हो ।

२१ सदस्यीय वन उपभोक्ता समिति रहने व्यवस्था अनुसार अध्यक्षमा यसअघिनै दिनेशप्रसाद आचार्य , सचिवमा यमुना काफ्ले, कोषाध्यक्षमा सोमनाथ पौडेल, सहसचिवमा मनोज खड्का र महिला सदस्य तर्फ दुर्गा भट्राई सर्वसम्मत भैसकेका छन् । बाँकी रहेका अन्य १४ सदस्यकालागि समूहमा आवद्ध एक एक जना सदस्य रहने तथा रामपुरा टोल ठूलो भएका कारण त्यसबाट दुई जना सदस्य चयन भएर आउने निर्वाचन समितिका सदस्य प्रदीप काफ्लेले जानकारी दिए ।

सामूदायिक वनको नियम अनुसार ५० प्रतिशत महिला सहभागिताको अनिवार्य नियम पुरा गर्नका लागि टोल समितिबाट आउने सदस्यहरुमा ५० प्रतिशत पुरा गर्ने गरी सहमति भएको समेत काफ्ले जानकारी दिए । मतदान भैरहेको उपाध्यक्ष पदका लागि नेपुलाल चौधरी , सोनाई दास चौधरी र बलराम राई र सदस्यका लागि धनबहादुर कार्की, भोला चौधरी र कालुराम मगर चुनावी प्रतिष्पर्धामा रहेका छन् । मतदाता संख्या भने ७ सय ८० जना रहेको निर्वाचन समितिका संयोजक गजेन्द्र कटवालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया